नेप्सेमा सकारात्मक सर्किट, १११.२० अङ्कको वृद्धि



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १११ दशमलव २० अङ्कले बढेर १९६३ दशमलव ९८ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक २१ दशमलव ४६ अङ्कले बढेर ३७३ दशमलव ७५ को विन्दुमा पुगेको छ ।

आज कूल २४४ कम्पनीहरूका १३ लाख ६७ हजार ६१५ कित्ता शेयर रु. ४८ करोड २४ लाख ८२ हजार २३९ मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू उकालो लागेका छन् ।

बैङ्किङ उपसमूह ६४ दशमलव ८० अङ्कले बढ्दा विकास बैङ्क उपसमूह २३८ दशमलव ७१ अङ्कले, वित्त उपसमूह १०७ दशमलव ३० अङ्कले, होटेल तथा पर्यटन उपसमूह ३३७.१९ अङ्कले, जलविद्युत उपसमूह १६९.४० अङ्कले, लगानी उपसमूह उपसमूह ४.३१ अङ्कले, जीवन बिमा उपसमूह ५५३.३५ अङ्कले, उत्पादन उपसमूह २२६.४० अङ्कले, लघुवित्त उपसमूह १८४.१७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०३ अङ्कले, निर्जीवन बिमा ५२७.५४ अङ्कले, अन्य उपसमूह ६३.०४ अङ्कले र ट्रेडिङ उपसमूह १५७.६३ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

ad x