
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४ दशमलव ५९ अङ्कले बढेर २६५२ दशमलव ९३ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ५ दशमलव ७७ अङ्कले बढेर ४५८ दशमलव ५७ को विन्दुमा पुगेको छ ।
आज कूल ३६२ कम्पनीहरूका ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर रु. ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४१० मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू उकालो लागेका छन् ।
बैङ्किङ उपसमूह १६ दशमलव ०९ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ६४ दशमलव ६२ अङ्कले, वित्त उपसमूह ३५ दशमलव ७० अङ्कले, होटेल तथा पर्यटन उपसमूह १२१.१४ अङ्कले, जलविद्युत उपसमूह ८७.५६ अङ्कले, लगानी उपसमूह १.५९ अङ्कले, जीवन बिमा उपसमूह १७८.६५ अङ्कले, उत्पादन उपसमूह २४५.१७ अङ्कले, लघुवित्त उपसमूह ५१.२२ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ११ अङ्कले, निर्जीवन बिमा २१७.४१ अङ्कले, अन्य उपसमूह ३३.४७ अङ्कले र ट्रेडिङ उपसमूह ८५.८२ अङ्कले बढेका छन् ।
धितोपत्र बजारमा ४४.५९ अङ्कको वृद्धि, नेप्से २६५२.९३ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
