वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बेनी हाइड्रोपावरको आइपिओ बाँडफाँट सम्पन्न


बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको साधारण शेयरको बाँडफाँड प्रक्रिया सम्पन्न गरेको छ। कम्पनीले चैत १५ गते उक्त सेयर बाँडफाँड गरिएको जानकारी दिएको हो।

कम्पनीले जारी पुँजी १ अर्ब ४ करोड रुपैयाँको १० प्रतिशत बराबरको १० लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्टाएको थियो। सोहीमध्ये १ लाख ४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आरक्षित गरिएको थियो।

यस शेयरमा चैत १ गतेदेखि ५ गतेसम्म आवेदन खुला गरिएको थियो। तोकिएको अवधिभित्र प्राप्त योग्य आवेदनहरूमध्ये १० हजार ४ सय आवेदकलाई प्रचलित व्यवस्था अनुसार सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

बाँडफाँडको विस्तृत विवरण निष्कासन तथा बिक्री प्रबन्धकको वेबसाइट तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आधिकारिक प्लेटफर्ममार्फत हेर्न सकिनेछ।

कम्पनीले यस प्रक्रियामा सहभागी सबै लगानीकर्ता तथा सम्बन्धित निकायहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्य दोहोर्‍याएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x