नाडेप लघुवित्तकाे नाफा ५ करोड ६९ लाख


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४८ करोड ५७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको नाडेप लघुवित्तले ४ अर्ब ८७ करोड ११ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, नाडेप लघुवित्तले २ अर्ब १२ करोड ७४ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ३३ करोड ७९ लाख रुपैयाँ रहेको छ।

नाडेप लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९.१४ प्रतिशतले घटेर २९ करोड १७ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.९२ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x