ग्लोबल आइएमई बैङ्क लिमिटेडका ग्राहकहरूले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ ।
बैङ्कका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरूले नेपालभरका पस (POS) मेसिनमा रु. एक हजार वा सो भन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा रु. ३०० अथवा ५ वटा कारोबारमा रु. ५०० क्यासब्याक पाउनेछन् । पस (POS) मेसिनमार्फतको कारोबारमा क्यासब्याक पाउने समयावधि २०८० कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटिकासम्म रहेको छ ।
यसै गरी बैङ्कको मोबाइल बैंकिङ्ग ए्याप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरूले कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटिकासम्म बेलुका ५ बजे देखि ८ बजेसम्म क्यूआरमार्फत प्रोमो कोड “TIHAR” लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा रु. ३०० सम्म क्यासब्याक पाउनेछन् ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैङ्कले यस्ता किसिमका समय सान्दर्भिक क्यासब्याक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्कका ग्राहकहरूले यो तिहारमा डिजिटल कारोबार गर्दा क्यासब्याक पाउने पक्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
