लक्ष्मी सन्‌राइज बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?



लक्ष्मी सन्‌राइज बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८१ साल मङ्सिर १४ गते, शुक्रवारको दिन बसेको सञ्चालक समितिको २९९ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०८०/८१ को मुनाफाबाट कायम चुक्ता पुँजीको कुल ५.२६ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०८०/८१ को मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.२६ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा ५.२६ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने लक्ष्मी सन्‌राइज बैङ्क लिमिटेडले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x