नेपाल बैङ्कको ८९ औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

नेपालको पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले आफ्नो ८९ औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैङ्क लिमिटेड मिति २०८२ साल कार्तिक ३० गते आफ्नो ८८ औँ वर्ष पुरा गरी ८९ औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको अध्यक्षता बैङ्कका सञ्चालक समितिका अध्यक्ष प्रा. डा. डिल्लीराज शर्माले गर्नुभएको थियो ।

नेपालभर २३१ शाखा, २३७ एटिएम साथै ६१ वटा एक्सटेन्सन काउन्टरको सञ्जाल मार्फत करिब २७ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्याईरहेको यो बैङ्क हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैङ्किङ प्रविधि मार्फत बैङ्किङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । करिब १० लाख ग्राहकहरूले डिजिटल प्रविधि मार्फत बैंकिंङ सेवा लिई लाभान्वित भएका छन् । विगत केही वर्षयता बैङ्कले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैङ्किङ  सेवा प्रदान गरिरहेको छ ।

उक्त वार्षिकोत्सव कार्यक्रममा २५ वर्ष अटुट सेवा गर्ने ३ जना, २० वर्ष सेवा गर्ने ५३ जना कर्मचारीहरूलाई पदक तथा प्रशंसा पत्र प्रदान गरिएको थियो । त्यसै गरी सुरक्षास्थितको प्रतिकुल अवस्थामा पनि बैङ्कको सुरक्षा मजबुत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने गौरा दह शाखा र नयाँ वानेश्वर शाखाका सुरक्षकहरुलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा प्रादेशिक तथा भौगोलिक वर्गगत रूपमा उत्कृष्ट उपलब्धि हासिल गरेका १२ शाखालाई समेत पुरस्कृत गरिएको थियो ।

अन्त्यमा, सभाका अध्यक्षज्यूले बैङ्कमा कर्मचारी वर्गलाई आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्न आग्रह गर्नुहुँदै सबैले आ–आफ्ना अधिकार क्षेत्रभित्र रहेर उच्च मनोबल तथा इमानदारीका साथ कार्यक्षेत्रमा लाग्न प्रेरित गर्नुभयो र बैङ्क व्यवस्थापनलाई सञ्चालक समितिको सदैव साथ रहने विश्वास समेत दिलाउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x