एन आई सी एशिया बैङ्क लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरूको लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा रु. ५१ लाख नगद सहयोग प्रदान गरेको छ । उक्त रकम बराबरको चेक बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाललाई २०८० कार्त्तिक २० गते हस्तान्तरण गर्नुभयो । २०८० कार्त्तिक १७ गते राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा परेको ठुलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैङ्कले उपलब्ध गराएको हो ।
एन आई सी एशिया बैङ्कद्वारा भूकम्प प्रभावित क्षेत्रमा राहत स्वरूप रु. ५१ लाख हस्तान्तरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
