ग्लोबल आइएमई बैङ्क लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ ।
बैङ्कले गत वर्ष नेपालको बैङ्किङ क्षेत्रमा पहिलो पटक एआई/एमएल ह्याकाथन पहिलो संस्करण आयोजना गरेको थियो ।
बैङ्कले कृक्रिम बुद्धिमत्ता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन दोस्रो संस्करण २०२६ आगामी मे महिनाको २९–३१ मा आयोजना गर्नेछ ।
उक्त प्रतियोगितामा सहभागी हुन प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेसाकर्मीहरूका लागि आवेदन खुल्ला गरिएको छ ।
प्रतियोगितामा सहभागी हुन मे ४, २०२६ भित्र बैङ्कको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ ।
पहिलो संस्करणमा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताको उत्साहपूर्ण सहभागिता रहेकोले बैङ्कले ह्याकाथनको दोस्रो संस्करण आयोजना गर्न लागेको हो ।
ह्याकाथन प्रतियोगिताले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेसाकर्मी र सम्भावित नवीनतम प्रविधिमा आधारित बैङ्किङ सेवाको विकासमा उल्लेख्य सहयोग पुगेको बैङ्कको विश्वास छ ।
यसका साथै यस ह्याकाथनले डिजिटल बैङ्किङमा आउने नवीनतम सेवा विकास र सम्भावित चुनौतीको समाधान खोज्न समेत सहयोग पुग्नेछ ।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूले दि अटोनोमस क्रेडिट एण्ड लेन्डिङ्ग अर्केस्ट्रेटर, एजेन्टिक फ्रड डिटेक्शन, दि मल्टिलिङ्गुअल भ्वाइस बैङ्किङ सहायक, सेन्टिनेल्स अफ द नेटवर्क– एआई ड्रिभन इन्टुजन डिटेक्शन (आईडीएस) लगायत बैङ्कले तोकेका विषयहरूमा केन्द्रित रही आफ्ना अवधारणाहरू प्रस्तुत गर्नुपर्नेछ ।
उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैङ्कसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ ।
प्रविधिमैत्री वित्तीय सेवाहरू प्रवर्द्धन गर्न र डिजिटल बैङ्किङ सेवालाई थप प्रभावकारी बनाउँदै नवीनतम अबधारणाहरुलाई प्रोत्साहित गर्न यस ह्याकाथनले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास बैङ्कले लिएको जनाएके छ ।
ग्लोबल आइएमई बैङ्क ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ । बैङ्कले बैङ्क अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैङ्क २०१६, बेष्ट बैङ्क नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैङ्क ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स सेवा पनि दिँदै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्कले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
