सन्राइज बैंकले पूर्वको तेह्रथुम देखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ग्लोबल मनी विक मनाएको छ । आफ्ना देशभरीका शाखाहरु र सामाजिक संजाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको बैंकले जनाएको छ । बैंकले ग्लोबल मनी विकको अवसरमा बैंकिङ्ग सेवा, बचत, ऋण, विद्युतिय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयहरुलाई समावेश गरी देशभरीका विभिन्न १०० स्थानका युवाहरुलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
सो कार्यक्रमले युवाहरुमा वित्तीय साक्षरताको अभिवृद्घि, वित्तिय निर्णय गर्ने क्षमताको विकास, सानै देखि बचत गर्ने बानी, बैंकिङ्ग सेवा सुविधाको सही उपयोगिता, बैंकिङ्ग विवरण अरुलाई दिदाँँ हुन सक्ने झमेला र ठगी लगायतका विषयको संचेतनाले उनीहरु र उनीहरुसँग जोडिएका परिवारको आर्थिक समृद्घिमा योगदान पु¥याउने बैंकको विश्वास रहेको बताएको छ ।
हालसम्म सन्राइज बैंकले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना ८ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
सनराइज बैंकले देशभरी १०० वटा वित्तीय साक्षयरता कार्यक्रय गरी मनायो ग्लोबल मनी विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
