आज एनएमबि बैङ्कले २७ औँ वार्षिक साधारण सभा गर्दै

एनएमबि बैङ्क लिमिटेडले यही पौष २५ गते (आज) २७ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। बैङ्कले साधारण सभा नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाण्डाैँमा बिहान ९:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले आर्थिक वर्ष (आ.व.) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७९/०८० को लेखापरीक्षण गर्नका लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले पारित गर्नेछ।

सभाले आ.व २०७८/०७९ को वासलात तथा नाफा नोक्सान हिसाब, सम्बन्धित अवधिको नगद प्रवाह विवरण लगायतका विवरणहरू पारित गर्नेछ ।


बैङ्कको सञ्चालक समितिको बैठकले सिफारिस गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशतले हुन आउने रकम रु. १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ ६४ पैसा बराबरकाे नगद लाभांश (कर प्रयोजनार्थ समेत) आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

सभाले अन्य बैङ्क तथा वित्तीय संस्थालाई प्राप्ति गर्न तथा अन्य बैङ्क तथा वित्तीय संस्थाहरूसगँ मर्जर प्रक्रिया अगाडि बढाउनको लागि सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्नलाई मूल्याङ्कनकर्ता नियुक्त गर्ने, स्वाप रेसियो निर्धारण गर्ने र आवश्यक परेमा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान पनि सोही सभाले गर्नेछ ।


बैङ्कले साधारण सभाको प्रयोजनका लागि पाैैष ११ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा पाैैष ०७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x