
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न शुक्रवार १०० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैङ्कले निक्षेप सङ्कलन उपकरणमार्फत बजारबाट रकम सङ्कलन गर्न लागेको हो।
राष्ट्र बैङ्कका अनुसार यसका लागि शुक्रवार दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। सहभागी बैङ्क तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि माथि ५ करोड रुपैयाँको गुण कमा कुल आह्वान रकमसम्म प्रस्ताव पेस गर्न सक्नेछन्।
बोलकबोल ब्याजदरका आधारमा हुनेछ भने बहु ब्याजदरमा समेत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
उक्त निक्षेप सङ्कलन उपकरणको अवधि ६१ दिन रहनेछ। राष्ट्र बैङ्कले यसको साँवा तथा ब्याज भुक्तानी साउन ६ गते गरिने जनाएको छ।
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीबाट १०० अर्ब तरलता तान्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
