आशा लघुवित्तको नाफामा ७३.२३ प्रतिशतको गिरावट, अन्य सूचक कस्ता ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ७३.२३ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को तेस्रो त्रैमास सम्ममा लघुवित्तले १२ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को तेस्रो त्रैमास सम्ममा लघुवित्तले ३ करोड ३० लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३८ करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले १ अर्ब ८८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी ५ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले २ अर्ब ६९ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १४ करोड ०६ लाख रुपैयाँ रहेको छ ।

आशा लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २७.९५ प्रतिशतले घटेर १८ करोड ४३ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको वितरण योग्य मुनाफा २ करोड ४६ लाख रुपैयाँ रहेको छ।

सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.९३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ७० पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ६७५ को आधारमा मूल्य आम्दानी अनुपात ५८.४४ गुणा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x