वर्कसप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने कम्पनी ओएलएस अब पञ्चकन्या मार्केटिङले बिक्री गर्ने

वर्कसप टुल्स र इक्विपमेन्ट उपलब्ध गराउने भारतको प्रतिष्ठित कम्पनी ओएलएस (आयल ल्युब सिस्टम) अब पञ्चकन्या मार्केटिङले नेपाली बजारमा बिक्री–वितरण गर्ने भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ को अवसरमा ओएलएसका बिजनेस डेभलपमेन्ट जिएम सञ्जय कुमार र अटो वर्कसप व्यवसायी सङ्घका अध्यक्ष शरण कुमार गुरुङले सो सिस्टमका टुल्स र इक्विपमेन्ट सार्वजनिक गर्नुभयो ।

सो अवसरमा बिजनेस डेभलपमेन्ट जिएम सञ्जय कुमारले ४१ वर्ष पुरानो प्रतिष्ठित विश्व स्तरीय कम्पनीका उत्पादन नेपालमा उपलब्ध गराएको र यसलाई पञ्चकन्या मार्केटिङ मार्फत प्रयोग गर्नका लागि सबैलाई आग्रह गर्नुभयो । भारतका टप कम्पनीहरूमा पर्ने र धेरै अटो मोबाइल निर्माता कम्पनीहरूले ओर्ईएमको रूपमा र आफ्ट मार्केटका रूपमा समेत प्रयोग गर्ने यी टुल्स र इक्विपमेन्ट नेपालमा समेत सबैले रुचाउने अपेक्षा गर्नुभयो ।

अटो वर्कसप व्यवसायी सङ्घका अध्यक्ष शरण कुमार गुरुङले वर्कसपका लागि विभिन्न टुल्स र इक्विपमेन्टको आवश्यकता हुने तथा त्यस्ता टुल्स र इक्विपमेन्ट गुणस्तरीय भएमा मात्रै सवारी साधन राम्रो कन्डिसनमा हुने भएकाले त्यसतर्फ ध्यान दिनु पर्ने बताउनुभयो ।

पञ्चकन्या मार्केटिङका म्यानेजिङ डाइरेक्टर बालकृष्ण पुरीले अटो मोबाइल क्षेत्रमा लामो समय देखि लागेको र नेपाली उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने प्रतिबद्धताको रूपमा ओएलएसका टुल्स र इक्विपमेन्ट भित्र्याएको बताउनुभयो । उहाँले गुणस्तरीय भएकै कारण यी टुल्स र इक्विपमेन्ट सबैको रोजाइमा पर्ने विश्वास व्यक्त गर्नुभयो ।


ओएलएसले फोर ह्विलर र कमर्सियल भेइकल तथा टु ह्विलरको वर्कसपका लागि आवश्इक टु पोस्ट, फोर पोस्ट, ट्रली, वर्क स्टेसन, पेन्ट बुथ लगायत यससँग सम्बन्धित सबै स्पेयर पार्ट्स उपलब्ध गराउँछ ।

ओएलएस सिस्टम प्रालि एक भारतीय ब्रान्ड हो । ओएलएसले ओईएम अर्थात् ओरिजिनल म्यानुफ्याक्चररको रूपमा कम्पनीको मापदण्ड अनुसार विभिन्न उपकरण निर्माण गर्छ भने आफ्टर मार्केटको रूपमा त्यसै अनुसार ब्रान्डिङ गरेर उपलब्ध गराउने गर्छ । ओएलएस किया, हुन्डाई, टाटा, सुजुकी, टीभीएस, रोयल इन्फिल्ड जस्ता भारतका अटो मोबाइलसँग सम्बन्धित ७२ कम्पनीद्वारा स्वीकृत प्रदान गरिएको उत्पादक कम्पनी हो ।

कम्पनीले भारत बाहेक मिडिल इस्ट, अफ्रिकाका साथै एसियामा नेपाल बाहेक बङ्गलादेश, श्रीलङ्का, भुटान लगायतका विभिन्न देशमा यी इक्विपमेन्ट उपलब्ध गराएको छ । पछिल्लो समयमा चर्चामा रहेका इलेक्ट्रिक भेइकलको मर्मत सम्भारका लागि आवश्यक टुल्स र इक्विपमेन्ट समेत ओएलएसले उत्पादन गर्छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x