नेपाली बजारमा किर्लोस्कर इन्जिन आयल औपचारिक रूपमा भित्रिएको छ । बुधवार एक कार्यक्रमका बिच सो इन्जिन आयल लन्च गरेको हो । नेपालका लागि आधिकारिक वितरकको रूपमा आदिशक्ति ग्लोबल ट्रेडर्सले सो इन्जिन आयल भित्र्याएको हो ।
किर्लोस्कर आयल इन्जिन्सद्वारा भारतमा उत्पादित किलोस्कर इन्जिन आयल लन्चिङ समारोहमा कम्पनीका प्रतिनिधि तथा नेपाली व्यवसायीहरूको सहभागिता रहेको थियो ।
सो अवसरमा किर्लोस्कर आयल इन्जिन्सका रिटेल एन्ड डिस्ट्रिब्युसन हेड सुनिल कुमार साहुले इन्जिन आयल र स्पेयर पार्ट्स सहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताउनुभयो । सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्ट्स समेत उपलब्ध गराउन आफूहरू प्रतिबद्ध भएको उहाँले बताउनुभयो ।
सो अवसरमा किर्लोस्कर आयल इन्जिन्सका जोनल म्यानेजर चिन्मय नायक र नेसनल स्पेयर हेड अर्सित रतुरीले ग्राहकमा आत्म विश्वास जागृत गर्न र ढुक्कका साथ बिक्री पछिको सेवा उपलब्ध गराउन आफूहरू तत्पर रहेको बताउनुभयो ।
नेपाल अटो मेकानिक्स व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपाने, नेपाल अटो मेकानिक्स ट्रेड युनियन (नाटु) का सल्लाहकार माधवप्रसाद पाण्डे र हेभी इक्विपमेन्ट मेकानिकल व्यवसायी सङ्घका अध्यक्ष नेत्रबहादुर कुँवरले गुणस्तरीय इन्जिन आयल प्रयोग गर्न पाउनु ग्राहकको अधिकार भएको र यस्ता उत्पादनलाई नेपाली व्यवसायी र मेकानिक्सहरुले सदैव स्वागत गर्ने बताउनुभयो ।
आदिशक्ति ट्रेड लिंकका डाइरेक्टर पुरुषोत्तम पौडेल र बिजनेस हेड खगेन्द्र श्रेष्ठले इन्जिन आयल व्यवसायको लामो अनुभवका आधारमा विश्वकै गुणस्तरीय तथा कहलिएको ब्रान्ड भित्र्याउन पाउँदा खुसी व्यक्त गर्दै सबै व्यवसायीबाट सहयोगको अपेक्षा गर्नुभयो ।
भारतको १३५ वर्ष पुरानो प्रतिष्ठित कम्पनीद्वारा उत्पादित किर्लोस्कर ब्रान्डका इन्जिन आयल, गियर आयल, इन्डष्ट्रियल आयल, हाइड्रोलिक आयल, ट्रान्समिसन आयल आदि नेपाली बजारमा उपलब्ध हुनेछन् । टु ह्विलर, फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारी साधनमा सो इन्जिन आयल प्रयोग गर्न सकिन्छ । किर्लोस्करका इन्ट्रा सिरिज, एक्स–होरा आदि बढी लोकप्रिय मोडल हुन् ।
नेपाली बजारमा भित्रियो किर्लोस्कर इन्जिन आयल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en