
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४३ दशमलव ०५ अङ्कले बढेर ३००० दशमलव ८१ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक १६ दशमलव ०१ अङ्कले बढेर ५३५ दशमलव ५१ को विन्दुमा पुगेको छ ।
आज कूल ३३४ कम्पनीहरूका ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता शेयर रु. २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य वित्त उपसमूह १२१ दशमलव १८ अङ्कले, जीवन बिमा उपसमूह १०८.३५ अङ्कले, उत्पादन उपसमूह १४१.५७ अङ्कले, लघुवित्त उपसमूह ७.५२ अङ्कले र अन्य उपसमूह ५५.४६ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह ९० दशमलव १८ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ७३ दशमलव २३ अङ्कले, होटेल तथा पर्यटन उपसमूह २५.१६ अङ्कले, जलविद्युत उपसमूह ३०.१४ अङ्कले, लगानी उपसमूह ३.२१ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ४९ अङ्कले, निर्जीवन बिमा १३४.३४ अङ्कले र ट्रेडिङ उपसमूह ७५.२० अङ्कले बढेका छन् ।
 
नेप्से ३०००.८१ को विन्दुमा, कारोबार रकम २९ अर्ब माथि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            