काठमाडौँ उपत्यकामा ट्राफिक निगरानीबाट ५ लाखभन्दा बढी राजस्व सङ्कलन


काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ९९४ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्य कोषमा ५ लाख ४१ हजार ५०२ रुपैयाँ राजस्व सङ्कलन भएको छ।

कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने १२७ जना चालकलाई कारबाही गरिएको छ। त्यस्तै, नियम विपरीत राइड सेयरिङ गर्ने १४२, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने १४९ तथा तीव्र गतिमा सवारी चलाउने १०३ जना चालक पनि कारबाहीको दायरामा परेका छन्।

यस अवधिमा लेन अनुशासन पालना नगर्ने १५८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १३० जना र सडक पेटीमा सवारी पार्किङ गर्ने १२८ जनामाथि समेत कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

यस्तै, एकतर्फी सडकमा सवारी चलाउने ९५ जना र अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ९६२ जना चालकलाई पनि कारबाही गरिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x