कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले असार २६ गते देखि आइपिओ जारी गर्ने भएको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १ हजार कित्ता सम्म तोकेको छ ।
कम्पनीको जारी पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरको १ लाख २१ हजार ८६७ कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि तथा ५ प्रतिशत अर्थात् ६ हजार ०९३ कित्ता धिताेपत्र सामूहिक लगानी कोष योजनाहरूलाई बाँडफाँड गरिसकेको र कम्पनीमा कार्यरत कर्मचारीहरूको लागि २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता धिताेपत्र सुरक्षित गरी बाँकी १ लाख ०१ हजार १५१ कित्ता धिताेपत्रकाे सर्वसाधारणहरूमा आइपिओ विक्री गर्न लागेको हो।
सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति (छिटोमा) असार २९ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा साउन ०९ गते सम्म आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
यही असार २६ गते देखि कुथेली बुखरी स्मल हाइड्रोपावरले आइपिओ जारी गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
