नेपाल अयाल निगमले आज ४१ औँ वार्षिक साधारण सभा गर्दै

नेपाल अयाल निगम लिमिटेडले चैत्र २७ गते (आज) ४१ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभा हल, सिंहदरबार, काठमाडौँमा अपराह्न ३:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले अध्यक्षज्यूको मन्तव्य र ४१ औँ वार्षिक साधारण सभाका लागि सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व  २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने, आ.व  २०७८/०७९ को लेखापरीक्षककाे नियुक्ति, पारिश्रमिक एवं खर्च अनुमोदन गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x