कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको भ्रमणले होटेल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् ।

दोस्रो याममा दुई सय ७० बाह्य पर्यटक पुगेका छन् । फागुनदेखि जेठ १५ गतेसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गरेका हुन् । एक आर्थिक वर्षमा कञ्चनजङ्घा हिमाल क्षेत्रमा दुई याममा पर्यटक आउने गरेका छन् । असोज, कात्तिक र मङ्सिर गरी तीन महिनाको समय पहिलो याममा पर्दछ । त्यस्तै चैत, वैशाख र जेठको तेस्रो साताको समय दोस्रो यामभित्र पर्ने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।

परिषद्को घुन्सा पर्यटन चेकपोस्ट कार्यालयका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार फ्रान्स, जर्मन, बेलायत, अस्ट्रेलिया लगायतका राष्ट्रबाट कञ्चनजङ्घा क्षेत्रमा बढी पर्यटक आएका छन् । पर्यटक आगमनमा सुधार हुँदै गएसँगै कञ्चनजङ्घा जाने पदमार्गमा रहेका होटेल व्यवसायी तथा पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका–६ घुन्साका होटेल सञ्चालक पेमा शेर्पाले बताउनुभयो ।

घुन्सा पर्यटन चेकपोस्ट कार्यालयका अनुसार यस वर्षको पहिलो याममा कञ्चनजङ्घा क्षेत्रमा छ सय ५० बाह्य पर्यटकले भ्रमण गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षको अन्तिम याम अर्थात् दोस्रो याममा दुई सय ७० बाह्य पर्यटकले कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गरेका छन् । आन्तरिक पर्यटकसमेत उत्तिकै सङ्ख्या बराबरले भ्रमण गरेता पनि आन्तरिक पर्यटकको भने अहिलेसम्म अभिलेख राख्ने गरिएको छैन । गत वर्ष दुई याममा गरी चार सय ३९ बाह्य पर्यटकले मात्र कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका थिए ।

कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर यो क्षेत्रमा साना ठुला ५२ होटेल सञ्चालनमा छन् । फक्ताङलुङ–६ ग्याप्लामा रु सात करोड लगानीमा सिङ्गी नामजोग होटेल पनि सञ्चलनमा आएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x