चन्द्रागिरि भालेश्वरमा विशेष सन्ध्या आरती

काठमाडौँको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा आज साँझ विशेष सन्ध्या आरती सम्पन्न भएको छ । साउन महिनाको पहिलो सोमबार आज यहाँ पहिलो पटक यस प्रकारको आरतीको आयोजना गरेको हो ।

साउनको हरेक सोमबार साँझ चन्द्रागिरि हिल्स मन्दिर व्यवस्थापन समितिले यसै गरी भालेश्वर महादेवमा पूजाआजाका साथै साँझ विशेष सन्ध्या आरतीको आयोजना गर्ने चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक सन्जिब थापाले बताउनुभयो । 

भालेश्वर महादेवमा आज चन्द्रागिरि केबलकार चढेर हजारौँ श्रद्धालु पूजाका साथै साँझको आरतीमा सहभागी हुन पुगेका थिए ।

आज साउन महिनाको पहिलो सोमबार पशुपतिनाथसहित देशका अन्य महादेव मन्दिरहरूमा पनि भगवान् शिवको पूजा अर्चनाका लागि घुइँचो लागेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x