आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले चैत्र २२ गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा लैनचौर बैकेट, लैनचौर, काठमाण्डाैँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ ।
सभाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन स्वीकृत गर्ने साथै उक्त मूल्याङ्कन प्रतिवेदनको आधारमा निर्धारण गरिएको शेयर अनुपात १:१ कायम गर्ने गरी गाभिने/गाभिने कार्यलाई अन्तिम स्वीकृत प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
सभाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त गरेका मूल्याङ्कनकर्ता तथा लेखापरिक्षककाे नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।
साथै, आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात् बन्ने निर्जीवन बिमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा "आइजीआई प्रुडेन्सियल इन्स्याेरेन्स लिमिटेड" र अंग्रजीमा "IGI Prudential Insurance Limited" कायम गरी सो नामबाट निर्जीवन बिमा व्यवसाय गर्ने साथै कम्पनीको रजिष्टर्ड कार्यालय तथा कर्पोरेट कार्यालय का.जी.का.म.पा. वडा नं. १ नक्साल आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको हाल कै कार्यालयमा रहने सम्बन्धी प्रस्ताव पनि सोही सभाले गर्नेछ ।
कम्पनीले विशेष साधारण सभाको प्रयोजनको लागि चैत्र १३ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा चैत्र १२ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
आइएमई जनरल इन्स्योरेन्सले आज विशेष साधारण सभा गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
