सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँको गिरावट


नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको भाउ प्रतितोलामा ५०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ। हिजो बिहीबार सुन तोलामा ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला १५ रुपैयाँले बढ्दै ५ हजार ७४० रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x