चालु आर्थिक वर्षको फागुन महिनासम्ममा हाल नेपालमा सञ्चालनमा रहेका जम्मा १८ जीवन बीमा कम्पनीहरूले कुल ९३ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् । औसतमा जीवन बीमा कम्पनीहरूले ५ अर्ब २० करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा ५ जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने १३ यस्ता जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन औसतभन्दा कम रहेको देखिएको छ।
चालु आर्थिक वर्षको फागुनसम्ममा सर्वाधिक बीमा शुल्क आर्जनमा नेपाल लाइफकाे प्रभुत्व :
चालु आर्थिक वर्षको फागुनसम्ममा नेपाल लाइफ इन्स्योरेन्सले सोही वर्गका संस्थाहरू मध्ये सर्वाधिक बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले २४ अर्ब ३७ करोड रुपैयाँ अधिक बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, एलआइसी नेपालले ११ अर्ब ४९ करोड रुपैयाँ, नेशनल लाइफले १० अर्ब २२ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ७३ करोड रुपैयाँ र सूर्याज्याेति लाइफले ५ अर्ब ४८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दै औसतभन्दा धेरै बीमा शुल्क आर्जन गर्न सफल भएको देखिन्छ।
Click here to join our viber community.

Click here to join our viber community.
त्यस्तै, युनियन लाइफले ५ अर्ब १७ करोड रुपैयाँ, एशियन लाइफले ४ अर्ब ५९ करोड रुपैयाँ, सिटिजन लाइफले ३ अर्ब ५७ कराेड रूपैयाँ, मेट लाइफले ३ अर्ब ३९ कराेड रुपैयाँ,  प्राइम लाइफले २ अर्ब ९६ कराेड रुपैयाँ, आइएमई लाइफले २ अर्ब ६२ कराेड रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ५८ कराेड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यता, महालक्ष्मी लाइफले जीवन बीमा संस्थाहरू मध्येको सर्वाधिक कम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। उक्त जीवन बीमाले १ अर्ब १ कराेड रुपैयाँ बीमा शुल्क सङ्कलन गर्दा, प्रभु लाइफले १ अर्ब ४० कराेड रुपैयाँ, सानिमा लाइफले १ अर्ब ६५ कराेड रुपैयाँ, गुराँस लाइफले १ अर्ब ९८ कराेड रुपैयाँ, रिलायन्स लाइफले २ अर्ब ७ कराेड रुपैयाँ र रिलायबल नेपालले २ अर्ब ३५ कराेड रुपैयाँ बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले देखाएको छ ।
नेपालमा सञ्चालनमा रहेका जम्मा १८ जीवन बीमा कम्पनीहरूकाे चालु आर्थिक वर्षको फागुन महिनासम्म आइपुग्दा कुल सक्रिय बीमालेख सङ्ख्या १ कराेड ४० लाख १ हजार ५७६ रहेकाे छ ।
 
फागुनसम्ममा जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन ९३ अर्ब अधिक, कस्को कति ?
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    