सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चैत्र २९ गते (आज) पाँचौँ र छैटौँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा याक एण्ड यती हाेटल, दरबार मार्ग, काठमाण्डाैँमा अपराह्न ४:३० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७७/०७८ र (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७७/०७८ र (आ.व) २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र (आ.व) २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने तथा आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धमा साथै, नियमनकारी निकायबाट संशोधन सम्बन्धमा कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्ने छ ।
सन नेपाल लाइफ इन्स्योरेन्सले आज पाँचौँ र छैटौँ वार्षिक साधारण सभा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
