नबिल बैङ्कको ७१ हजार भन्दा बढी संस्थापक शेयर बिक्रीमा


नबिल बैङ्कले आफ्नो संस्थापक समूह अन्तर्गतका ७१ हजार १४० कित्ता शेयर बिक्रीका लागि सार्वजनिक गरेको छ।

यसअघि, उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूलाई बैङ्कले प्राथमिकताका साथ प्रस्ताव गरेको थियो। तोकिएको अवधिमा आवेदन नपरेपछि अब अन्य व्यक्ति तथा संस्थाहरूलाई समेत खरिदका लागि अवसर खुला गरिएको बैङ्कले जनाएको छ। बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रति कित्ता ३५० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले आवेदन दिँदा सो मूल्य वा सो भन्दा बढी दर उल्लेख गरी बोलकबोल गर्न सक्ने छन्।

शेयर खरिद गर्न चाहनेले सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन पेस गर्नु पर्नेछ। आवेदन काठमाडौँको नारायणचौर स्थित नबिल इन्भेस्टमेन्ट बैङ्किङ को कार्यालयमा बुझाउन सकिने व्यवस्था गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x