चालु आर्थिक वर्षको फागुन महिनासम्ममा हाल नेपालमा सञ्चालनमा रहेका जम्मा १८ निर्जीवन बीमा कम्पनीहरूले कुल २५ अर्ब ८७ करोड रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् ।
चालु आर्थिक वर्षको फागुनसम्ममा सर्वाधिक कुल बीमा शुल्क आर्जनमा शिखर इन्स्याेरेन्सकाे प्रभुत्व :
चालु आर्थिक वर्षको फागुनसम्ममा शिखर इन्स्याेरेन्सले सोही वर्गका संस्थाहरू मध्ये सर्वाधिक कुल बीमा शुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ३ अर्ब ३४ करोड रुपैयाँ अधिक कुल बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। त्यस्तै, नेको इन्सुरेन्सले १ अर्ब ९७ कराेड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्याेरेन्सले १ अर्ब ९१ कराेड रुपैयाँ, सगरमाथा इन्स्योरेन्सले १ अर्ब ८६ कराेड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ र मर्जर पश्चात् सगरमाथा लुम्बिनीले २ करोड ११ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ८० कराेड रूपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ६२ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब २४ करोड रुपैयाँ र मर्जर पश्चात् सिद्धार्थ प्रिमियरले १२ करोड २४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ५८ करोड रुपैयाँ तथा सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ४१ कराेड रूपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन्।
समीक्षा अवधिमा अजोड इन्स्योरेन्सले १ अर्ब २३ करोड रुपैयाँ, र आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा बीमा शुल्क सङ्कलन गरेको देखिन्छ ।
त्यस्तै, प्रभु इन्स्योरेन्सले १ अर्ब २ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब रुपैयाँ र ओरिएण्टल इन्स्योरेन्सले ९३ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
यता, नेशनल इन्स्याेरेन्सले निर्जीवन बीमा संस्थाहरू मध्ये सर्वाधिक कम बीमा शुल्क सङ्कलन गरेको देखिन्छ। उक्त निर्जीवन बीमाले ६४ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गर्दा, यूनाइटेड इन्स्योरेन्सले ७८ करोड ४७ लाख रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सले ८९ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको तथ्याङ्कले देखाएको छ ।
नेपालमा सञ्चालनमा रहेका जम्मा १८ निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको फागुनसम्ममा कुल १८ लाख ७६ हजार ४५३ बीमालेख सङ्ख्या जारी गरेका छन् ।
फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरूको कुल बीमा शुल्क आर्जन २५ अर्ब अधिक, कस्को कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
