सूर्यज्याेति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही ज्येष्ठ ०४ गते (आज) १५ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा हाेटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अनुपात बमोजिम सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी सञ्चालक समितिको गठन सम्बन्धमा कम्पनीको नियमावलीको नियम ३१ मा आवश्यक संशोधन गर्ने विशेष प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि वैशाख २१ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा वैशाख २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।
सूर्यज्याेति लाइफ इन्स्योरेन्सले आज वार्षिक साधारण सभा गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
