आजको विदेशी मुद्रा विनिमयदर


नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रवार अमेरिकी डलर एकको खरिदमा १४५ रुपैयाँ १६ पैसा र बिक्रीमा १४५ रुपैयाँ ७६ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा तोकिएको छ ।

यसै गरी, अस्ट्रेलियन डलर एकको खरिदमा १०३ रुपैयाँ ३० पैसा र बिक्रीमा १०३ रुपैयाँ ७२ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ३० पैसा र बिक्रीमा ९ रुपैयाँ ३४ पैसा रहेको छ । त्यसै गरी, साउदी अरेवियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३८ रुपैयाँ ८७ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x