गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयर धनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल चैत्र ०९ गते, बिहीबारको दिन बसेको सञ्चालक समितिको १९९ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई १३.२७१२७७२ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको १३.२७१२७७२ प्रतिशतले हुन आउने रकम रु. २९ करोड ७१ लाख ९३ हजार रुपैयाँ बराबरको बोनस शेयर आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयर धनीहरूले प्राप्त गर्ने गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पुँजीको ७.४४२५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.३९१७ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।
गुराँस लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
