ज्ञानमाण्डू। सानिमा लाईफ इन्स्योरेन्सले यही असार २० गते (आज) चाैँथाे वार्षिक साधारण सभा गर्दै छ।कम्पनीले साधारण सभा स्मार्ट दरबार ब्याक्वेंट धुम्रबाराही, काठमाडौँमा (Meeting IDPassword ईमेल मार्फत उपलब्ध गराइनेछ) बिहान १०:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले आर्थिक वर्ष (आ.व.) २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र आ.व. २०७७/०७८ को लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक पनि सोही सभाले तोक्ने छ। कम्पनीले हाल कायम चुक्ता पुजीँकाे ४.४२ प्रतिशत बाेनश शेयर र ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको विषयलाई पनि दर्साउने छ।
सञ्चालक समितिमा सर्वसाधरण शेयरधनी समूह (ख) बाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालककाे निर्वाचन पानि साेही सभाले पारित गर्ने छ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि असार ८ गते एक दिनको लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा असार ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।