नेकाे इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?


नेकाे इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश  वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल पुष ३० गते बसेको सञ्चालक समितिको ४९७ औँ बैठकले  गरेको निर्णय अनुसार आ. व. २०८१/०८२ को कायम रहेको मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई १५.७८९४ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ.व २०८१/०८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतले हुन आउने रकम बराबरको बाेनश शेयर र १२.७८९४ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी बस्ने कम्पनीको साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र वितरण हुने कम्पनीले बताएको छ।
Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x