लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडले यही श्रावण १७ गते २० औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले साधारण सभाको प्रयोजनको लागि श्रावण ०९ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा श्रावण ०८ गते सम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा लिसारा रिसेप्सन (Lisara Receptions) भगवती बहाल नक्साल, काठमाडौँमा अपराह्न ४:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले आर्थिक वर्ष (आ.व.) २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ भने आ.व.२०७८/०७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
सभाले कम्पनीको हाल कायम पुँजी संरचनामा संस्थापक र साधारण शेयरको ७०:३० को अनुपातलाई परिवर्तन गरी ६५:३५ प्रतिशत कायम गर्न संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने र सोही अनुसार प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ।
आज सम्म कायम शेयरधनीले लाइफ इन्स्याेरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको २० औँ वार्षिक साधारण सभामा भाग लिन पाउने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
