प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश  वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल वैशाख १७ गते, बसेको सञ्चालक समितिको २३ औँ बैठकले  गरेको निर्णय अनुसार आ. व. २०८०/०८१ को वितरण याेग्य मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई ८.४२१ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ.व २०८०/०८१ को वितरण याेग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने रकम बराबरको बाेनश शेयर र ०.४२१ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनको लागि समेत) वितरण गर्ने कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी बस्ने कम्पनीको साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र वितरण हुने कम्पनीले बताएको छ।
Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x