एशियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनीले २४ हजार ८७१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका एक जना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा १५ जेठदेखि ३५ दिनभित्र आवेदन दिन सक्ने सो कम्पनीले जानकारी दिएको छ । कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापकले १५ जेठबाट कम्पनीको केन्द्रीय कार्यालय मैतीदेवी, काठमाडौँमा आइपुग्ने गरी के कति शेयर खरिद गरी लिने हो सोको जानकारी खुलाइ निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर शेयर बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।
२४ हजार ८७१ कित्ता संस्थापक शेयर बिक्री गर्दै एशियन लाइफ इन्स्याेरेन्स कम्पनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
