ज्योति विकास बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरूलाई "Thamel Plaza Hotel & Suites" अन्तर्गतका २ वटा होटेलमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। बैङ्कले काठमाडौँको ठमेलस्थित "Ramada Encore" मा १५% र पोखराको लेकसाइडस्थित "Dahila Boutique Hotel मा १०% छुट प्रदान गर्ने सम्झौता गरेको छ।
सो सम्झौतापश्चात्, ज्योति विकास बैङ्कका ग्राहकहरूले यी २ वटा होटेलमा खाना तथा रुम चार्जमा आकर्षक छुट पाउनेछन्। ज्योति विकास बैङ्कले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
हालै बैङ्कले पोखरास्थित "Kuti Resort" मा बैङ्कका ग्राहकहरूलाई २०% सम्मको विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। साथै, बैङ्कले चितवनस्थित "Jungle Villa Resort" र मकवानपुरस्थित प्रख्यात "Tistung Resort" मा बैङ्कका ग्राहकहरूलाई १५% सम्मको आकर्षक छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।
 
ज्योति विकास बैङ्कका ग्राहकहरूलाई Thamel Plaza Hotel & Suites अन्तर्गतका होटेलमा विशेष छुट
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    