प्रभु बैङ्क लि. र एवन ग्रेटर नेपाल यातायात प्रा.लि. बिच नगदरहित भुक्तानी प्रणालीमा सहकार्य भएको छ ।
ट्याक्सी व्यवसायीहरूको प्रभु बैङ्कमा रहेको खाताबाट सहज रूपमा रकम झिक्न, आफ्नो खाताको पूर्ण जानकारी मोबाइल एप्लिकेशनबाटै प्राप्त गर्न सक्नेछन् ।
विभिन्न बैङ्क/वित्त तथा अन्य गेट–वे मार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन प्रभु बैङ्क लि. र एवन ग्रेटर नेपाल यातायात प्रा.लि.बिच आज एक सम्झौता भएको हो ।
उक्त सम्झौता प्रभु बैङ्कका गण्डकी प्रदेश, प्रमुख व्यवसाय केन्द्र अधिकृत शान्ति शेरचनको विशेष उपस्थितिमा बैङ्कको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु राना मगर तथा एवन ग्रेटर नेपाल यातायात प्रा.लि.को तर्फबाट अध्यक्ष अर्जुन पौडेलले हस्ताक्षर गर्नुभएको छ ।
विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरूले ट्याक्सी चालकहरूसँग रहेको प्रभु बैङ्क लि.द्वारा उपलब्ध गराइएको क्यु आर मार्फत विना झन्झट सजिलै ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
व्यवसायमा आबद्ध २०० भन्दा बढी ट्याक्सी चालकहरूका लागि बैङ्कको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामाग्रीहरू उपलब्ध गराइने कार्यक्रम रहेको बैङ्कले जनाएको छ ।
पर्यटकीय राजधानी पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्युतीय प्रणालीबाट सेवाग्राहीहरू तथा ट्याक्सी व्यवसायीहरू समेत लाभान्वित हुने विश्वास बैङ्कले लिएको बताएको छ ।
डिजिटल भुक्तानी प्रणालीमा प्रभु बैङ्क र एवन ग्रेटर नेपाल यातायात बिच सहकार्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
