सन्राइज बैङ्कले महिला स्वास्थ्य र महिलाहरूको सशक्तीकरणको लागि विद्यालयमा अध्ययनरत छात्राहरू तथा कार्यरत महिलाहरूलाई लक्षित गरी Pad ATM प्रदान गरेको छ । हाल विद्यालयमा व्यवस्थित शौचालय र Sanitary Pad को व्यवस्था नहुँदा उनीहरू विद्यालय जान हिचकिचाउने देखिन्छ । यसै समस्यालाई अध्ययन गरी बैङ्कले विभिन्न विद्यालयहरूमा Automated Pad Vending Machine प्रदान गरेको हो । एउटा सिक्का हाल्दा एउटा Pad आउने ब्याट्री ब्याकअप सहितको उक्त मेसिनले छात्राहरू तथा विद्यालयमा कार्यरत महिलाहरूलाई आवश्यक पर्दा सजिलै Pad लिन सकिने वातावरणको सिर्जना हुने बैङ्कले बताएको छ ।
बैङ्कले आज एक कार्यक्रमका बिच काठमाडौँको शान्ति विद्या गृह माध्यमिक विद्यालय, लैनचौरमा एक थान Pad ATM र एक थान Pad Disposal मेसिन हस्तान्तरण गरेको छ । बैङ्कका सहायक महाप्रबन्धक हरि प्रसाद आचार्यले, CSR प्रमुख सुमन थापा र कान्तिपथ शाखा प्रमुख अनिल महर्जनको उपस्थितिमा विद्यालयका प्रधानाध्यापक श्रीमती शिव कुमारी बराल घिमिरेलाई उक्त सामान हस्तान्तरण गर्नुभएको हो । साथै बैङ्कद्वारा ललितपुर एकान्तकुना स्थित महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा पनि सो मेसिन हस्तान्तरण गरिएको थियो । यसै गरी देशका विभिन्न ठाउँमा Pad ATM प्रदान गर्ने क्रममा बैङ्कले मोलुङ्ग, किन्जा, डुम्रे, देउराली, बाग्लुङ्ग, वालिङ्ग, कावासोती, बर्दिवास, तेह्रथुम, वीरेन्द्रनगर लयागतका ठाउँहरूमा उक्त मसिनहरू हस्तान्तरण गरिसकेको सो बैङ्कले जनाएको छ ।
सन्राइज बैङ्कद्वारा विभिन्न विद्यालयहरूमा Pad ATM हस्तान्तरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
