सन्राइज बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनगढी -५, हसनपुरको ऐश्वर्य विद्या निकेतनमा प्रभावकारी शिक्षा सञ्चालनका लागि ३ थान प्रोजेक्टर हस्तान्तरण गरेको बताएको छ । आज आयोजित एक कार्यक्रमका बिच बैङ्कका नायब महाप्रबन्धक रबिन कुमार नेपालले सो शैक्षिक संस्थाका प्रधानाध्यापक प्रेम निधी ओझालाई उक्त सामाग्रीहरू हस्तान्तरण गर्नुभएको थियो । प्रधानाध्यापक प्रेम निधी ओझाले कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा प्रदान गर्नका लागि सो सामाग्रीले मदत पुर्याउने जनाउँदै बैङ्कको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
सोही दिन आयोजित अर्को एक कार्यक्रमका बिच बैङ्कका नायब महाप्रबन्धक रबिन कुमार नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ३० थान डस्टबिन हस्तान्तरण गर्नुभएको थियो । सर्वसाधारणलाई फोहर व्यवस्थित ठाउँमा फाल्न प्रोत्साहन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाका चोक र सडक पेटीमा उक्त डस्टबिन राखी सहयोग गरेको बैङ्कका नायब महाप्रबन्धक नेपालले जनाउनुभयो । साथै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सन्राइज बैङ्कको यस सहयोगले स्मार्ट धनगढी बनाउने परियोजनामा टेवा पुर्याएकोमा बैङ्कलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यसका साथै बैङ्कले धनगढी त्रिनगर विद्यालयमा विद्यार्थीहरूलाई आफ्ना साइकल सुरक्षित रूपमा राख्न सहज होस् भनी १०० वटा क्षमताको साइकल स्ट्यान्ड समेत बनाएको सो बैङ्कले जानकारी दिएको छ ।
सन्राइज बैङ्कद्वारा धनगढीमा विभिन्न सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
