ग्लोबल आइएमई बैङ्क लिमिटेड ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत वेस्ट बैङ्क नेपाल र वेस्ट बैङ्क ईएसजी (वातावरण, सामाजिक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ ।
यो वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैङ्क दोस्रो पटक वेस्ट बैङ्क नेपाल अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि ग्लोबल आइएमई बैङ्कले ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२– वेस्ट बैङ्क नेपाल’ प्राप्त गरेको थियो ।
सन् १९९२ मा युरो मनी म्यागेजिनद्वारा स्थापित यो अवार्ड बैङ्किङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । युरो मनी म्यागेजिन बैङ्किङ क्षेत्रको गहकिलो विश्लेषण, सुझाव र समालोचनाका लागि प्रख्यात छ । युरो मनी समूहमा बैङ्क तथा वित्तीय क्षेत्रका ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू छन् ।
यसै वर्ष ग्लोबल आइएमई बैङ्कलाई ग्लोबल फाइनान्सले पनि उत्कृष्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित गरेको थियो ।
युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ लगायतका अन्य विभिन्न अवार्डहरूले ग्लोबल आइएमई बैङ्कलाई भविष्यमा अझ उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न उत्प्रेरित गर्दछ ।
ग्लोबल आइएमई बैङ्क ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
