नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ११.३० प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले ५ कराेड ७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले ५ कराेड ६४ रुपैयाँ नाफा कमाएको देखिन्छ ।
२५ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको नेष्डाे समृद्ध लघुवित्तले ४ अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, नेष्डाे समृद्ध लघुवित्तले ४० करोड ८३ लाख रुपैयाँ सापटी लिएको छ।
नेष्डाे समृद्ध लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १०.५३ प्रतिशतले बढेर ९ करोड ९८ लाख रुपैयाँ पुगेको छ । साे लघुवित्तकाे निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ८८ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३४७ रुपैयाँ ३५ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ३२७९ काे आधारमा मूल्य आम्दानी अनुपात ३७.०२ गुणा रहेको छ ।
नेष्डाे समृद्ध लघुवित्तको नाफामा ११.३० प्रतिशतको वृद्धि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
