एनआईसी एशिया बैङ्कको नाफा ४२.४९ प्रतिशतले घटेको छ । आ.व. २०७९/८० को पहिलो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८०/८१ को पहिलो त्रैमास सम्ममा बैङ्कले १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१४ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआईसी एशिया बैङ्कले ३ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी २ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १६ अर्ब २१ करोड रुपैयाँ छ र सञ्चित मुनाफा ९८ करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७.५५ प्रतिशतले घटेर २ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ९८ करोड ८२ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।
बैङ्कको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५८ पैसा छ भने प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ ०५ पैसा र पछिल्लो कारोबार मूल्य रु ५१९.४० को आधारमा मूल्य आम्दानी अनुपात १९.५४ गुणा रहेको छ ।
बैङ्कको निष्क्रिय कर्जा अनुपात बढेर १.३७ प्रतिशत कायम हुँदा इम्पेरमेन्ट चार्ज वृद्धि भई ६४ करोड ४३ लाख रुपैयाँ पुगेको छ भने ८९ करोड ८३ लाख रुपैयाँ बराबरको ब्याज रकम असुल हुन बाँकी देखिन्छ ।
एनआईसी एशिया बैङ्कको नाफा सहित अधिकांश सूचकहरू घट्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
