नबिल बैङ्क लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृत भएको छ । एन बैङ्कको सुरुवातको लागि नबिल बैङ्कले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको सो कम्पनीले जानकारी दिएको हो । १० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा नबिल बैङ्क विजेताको रूपमा छनोटमा परेको सो कम्पनीले बताएको छ ।
बैङ्कले प्राप्त गरेको यो अवार्ड बैङ्कले लिएको डिजिटल बैङ्किङ र नवीनतम सोचको उपज रहेको नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले बताउनुभयो । यो अवार्डले अझै आफ्ना ग्राहक, कर्मचारी, लगानीकर्ता र बृहत् समुदायका लागि दिगो, सरल र उत्तम बैङ्किङ सेवा ल्याउनेमा थप ऊर्जा दिएको उहाँले बताउनुभयो ।
एन बैङ्क, बैङ्कमा ग्राहकको उपस्थिति विना नै डिजिटल बैङ्किङ सेवा प्रदान गर्ने नेपालकै पहिलो मोबाइल बैङ्किङ प्लेटफर्म हो । ग्राहकहरूलाई कुनै पनि शाखामा भौतिक फारम नभरी वा कुनै शाखामा नगई एन बैङ्कको सहयोगमा सेवा लिन सक्ने सो कम्पनीले बताएको छ ।
यो अवार्डसँगै बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा पुनः एक अगुवा साबित भएको बैङ्कको बुझाई छ । यस अवार्ड प्राप्तिले थप सृजनशील डिजिटल सेवा दिने सङ्कल्पलाई उत्साहित गरेको बैङ्कले जनाएको छ ।
नबिल बैङ्कलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
