मुक्तिनाथ विकास बैङ्क लि.ले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची प्रा. लि. ”(Everest Old Hotel Arghakhanchi Pvt. Ltd.) र “छाँया अस्पताल प्रा. लि ” (Chhaya Hospital Pvt. Ltd.) सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।
सो व्यावसायिक सम्झौता पश्चात् मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूले एभरेष्ट ओल्ड होटेल अर्घाखाँची को Accommodation & Food मा विशेष १० % सम्म र छाँया अस्पताल प्रा. लि को विभिन्न सेवाहरू जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडी, ल्याब टेस्टहरूमा विशेष १० % सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
मुक्तिनाथ विकास बैङ्कका ग्राहकहरूलाई अर्घाखाँचीको “एभरेष्ट ओल्ड होटेल अर्घाखाँची” र “छाँया अस्पताल ”मा विशेष छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
