नेपाल बैङ्क लिमिटेडले EXIM Bank India सँग वित्तीय व्यापार क्षमता अभिवृद्धि गर्ने हेतु Trade Assistance Program (TAP ) अन्तर्गत सम्झौता भएको छ ।
नेपाल बैङ्क भारतसँगको आयात कारोबारमा सहयोग गर्ने एक्जिम बैङ्कको साझेदार हुने पहिलो सरकारी बैङ्क पनि हो । नेपाल बैङ्कको वित्तीय व्यवस्थापन, सुशासन, जोखिम र अनु पालन र दुई देशबिचको चलिरहेको व्यापार कारोबारका विषयमा दुवै बैङ्कका वरिष्ठ व्यवस्थापनसँगको व्यापक छलफलपछि हस्ताक्षर भएको हो ।
दुई संस्थाहरू November 07, 2023 मा भएको हस्ताक्षर कार्यक्रममा बैङ्कको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत समता पन्तले “हामी EXIM Bank India सँग व्यापारिक सम्झौता गर्न पाउँदा खुसी छौँ र आगामी दिनमा सम्भावित व्यापारिक क्षेत्रको अध्ययन र पहिचान गरी EXIM Bank India सँगको सहकार्यमा हामी हाम्रा ग्राहकहरूको व्यापारिक गतिविधिहरूलाई टेवा पुग्ने गरी कार्य गर्ने योजनामा छौँ” भन्ने धारण व्यक्त गर्नुभयो ।
नेपाल बैङ्क लिमिटेडको Exim Bank, India सँग आयात निर्यात व्यापारको सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
