गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ६७.८३ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को चौथौँ त्रैमास सम्ममा लघुवित्तले ४१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा लघुवित्तले २८ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।
१० करोड १४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको गुराँस लघुवित्तले १ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले ८१ करोड ३३ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २ करोड ०५ लाख रुपैयाँ रहेको छ ।
गुराँस लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १७.१४ प्रतिशतले घटेर ५ करोड ५९ लाख रुपैयाँ पुगेको छ । सो लघुवित्तको निष्क्रिय कर्जा अनुपात ४.६३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २ रुपैयाँ ८१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ७२४ को आधारमा मूल्य आम्दानी अनुपात २५७.६५ गुणा रहेको छ ।
गुराँस लघुवित्तको नाफामा ६७.८३ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
