एभरेष्ट बैङ्कले आफ्नो शाखा विस्तारको क्रममा सोमवार बागमती प्रदेशको सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैङ्कको शाखा सङ्ख्या ४७ पुगेको छ । यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिन सक्ने विश्वास बैङ्कले गरेको बताएको छ ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैङ्कका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त रूपमा उद्घाटित सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्ज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैङ्कका कर्मचारीहरू लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो ।
सो उद्घाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलज्यूले बैङ्कको उपस्थिति सँगै बैङ्कले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गर्नुभयो । साथै बैङ्कका सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैङ्कको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आए सँगै यहाँका वासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
एभरेष्ट बैङ्कको सिन्धुलीमा १३२औँ शाखा विस्तार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
