सिद्धार्थ बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८१ साल मङ्सिर २१ गते, शुक्रवारका दिन बसेको सञ्चालक समितिको ४३९ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०८०/०८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतले हुन आउने रकम रु. ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ बराबरको नगद (कर प्रयोजनार्थ समेत) लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र बैङ्कको साधारण सभाबाट स्वीकृत भए पश्चात् मात्र वितरण गर्ने सिद्धार्थ बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
Click here to view the notice.
सिद्धार्थ बैङ्कको लाभांश प्रस्ताव, कति दिँदै छ नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
