साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले बढेर २०८० दशमलव ८६ को विन्दुमा कायम भएको छ।
थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा १०.०० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ९.९८ प्रतिशत, माउन्टेन इनर्जी नेपाल लिमिटेडका शेयरधनीहरुले ९.७४ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका शेयरधनीहरुले ८.६० प्रतिशत र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले ५.३४ प्रतिशतका दरले कमाएका छन् ।
यता,घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडका लगानीकर्ताहरूले ९.९९ प्रतिशतले गुमाउँदा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड ७.१८ प्रतिशत, सिंगटी हाइड्रो इनर्जी लिमिटेड ६.५५ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड ६.५३ प्रतिशत र श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड ५.७३ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
