धितोपत्र बजारमा ४.८३ अङ्कको वृद्धि, नेप्से २७६६.०९ को विन्दुमा


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ८३ अङ्कले बढेर २७६६ दशमलव ०९ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ५१ अङ्कले बढेर ४७४ दशमलव ८९ को विन्दुमा पुगेको छ ।

आज कूल ३२२ कम्पनीहरूका ९२ लाख ४३ हजार २३२ कित्ता शेयर रु. ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य लगानी उपसमूह शून्य दशमलव १२ अङ्कले, उत्पादन उपसमूह ५१.५२ अङ्कले, लघुवित्त उपसमूह २५.१२ अङ्कले र निर्जीवन बिमा १२.६५ अङ्कले घटेका छन् । यता, बैङ्किङ उपसमूह २ दशमलव ०२ अङ्कले बढ्दा विकास बैङ्क उपसमूह ५५ दशमलव ४४ अङ्कले, वित्त उपसमूह २ दशमलव ९४ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १२.३४ अङ्कले, जलविद्युत उपसमूह २.५७ अङ्कले, जीवन बिमा उपसमूह ८.०३ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०२ अङ्कले, अन्य उपसमूह ३८.०२ अङ्कले र ट्रेडिङ उपसमूह ४.९० अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x